-->
"युगद्रष्टा" उपाधिको इतिहास

"युगद्रष्टा" उपाधिको इतिहास

"युगद्रष्टा" उपाधिको इतिहास :-
A visionary philosopher : Dr. Nirmal Mani Adhikari 

तत्कालीन "युग निर्माण अभियान नेपाल" (स्था. २०५८) को प्रथम राष्ट्रिय सम्मेलनमा नवनिर्वाचित अध्यक्ष श्री भानुभक्त पोखरेलले समापन कार्यक्रममा अध्यक्षीय अभिभाषणका क्रममा प्रस्ताव गर्नु भई राष्ट्रिय सम्मेलनबाट सर्वसम्मतिले पारित भएअनुसार डा. निर्मलमणि अधिकारीलाई "युगद्रष्टा" उपाधिले सम्बोधन गर्न प्रारम्भ गरिएको थियो । "वैज्ञानिक सत्ययुग" को अवधारणा, आधारशिला र मार्गचित्र पनि प्रस्तुत गरी डा. निर्मलमणि अधिकारीले युगान्तकारी एवं युगप्रवर्तनकारी लक्ष्य मानव समाजलाई दिनु भएको हुनाले उहाँलाई "युगद्रष्टा" भन्नु पर्ने तथ्यलाई कविवर भानुभक्त पोखरेलले व्याख्या गर्नु भएको थियो ।
कविवर पोखरेल मृत्युञ्जय महाकाव्य, हिमवत्खण्ड महाकाव्य, जागृतिराग महाकाव्य लगायतका कृतिहरुका सर्जक हुनुहुन्छ र उहाँलाई मदन पुरस्कार, लेखनाथ पुरस्कार, देवकोटा पुरस्कार लगायतका पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । श्री भानुभक्त पोखरेलको संस्थापक अध्यक्षतामा वि.सं. २०५४ मा नेपाली भाषा संस्कृति परिषद् स्थापना भएको थियो ।
सुप्रसिद्ध कविवर भानुभक्त पोखरेलको प्रस्ताव अनुसार युग निर्माण अभियान नेपालले प्रारम्भ गरेको सो सम्मानको परम्परालाई धेरै संस्थाहरुले संस्थागत रुपमै अवलम्बन गरेका छन् । संस्थागत रुपमा हालसम्म एक दर्जन संस्थाहरुले डा. निर्मलमणि अधिकारीलाई युगद्रष्टा भनी आदर सम्मानपूर्वक सम्बोधन गर्ने निर्णय गरिसकेका छन् । युगद्रष्टाको जन्मदिनलाई "युगनिर्माण दिवस" मानेर औपचारिक कार्यक्रम पनि आयोजना गर्न युगनिर्माण महिला समाज नेपालले प्रारम्भ गरेको हो ।
जेठ १ गते "युगनिर्माण दिवस" मनाऔँ ।



प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to ""युगद्रष्टा" उपाधिको इतिहास "

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article