-->
पासो मुक्त नेतृत्व:  मौलिक जरोकिलो पार्टी

पासो मुक्त नेतृत्व: मौलिक जरोकिलो पार्टी

पासो मुक्त नेतृत्व:  मौलिक जरोकिलो पार्टी


 नेपालका कपु ( कम्युनिस्ट र पुँजीवादी) पात्रहरूको   यथार्तता  मध्यान्ह को घाम जस्तो छर्लङ्ग भएको छ।यिनीहरूको सिद्धान्त र प्रतिमान  नै बिदेशी भएकोले उनीहरुले भनेको मानेर  गुलामी नगरी सुखै छैन । शरीर जतिसुकै वरिष्ठ र मजदुर भएपनि त्यसलाई सञ्चालन गर्ने मस्तिष्क अरूको नियन्त्रणमा रहेपछि त्यसले ढोकामा बसेको द्वारपाल भन्दा कुनै बढी उपलब्धि दिन सक्दैन

 वास्तवमा यो के भन्न खोजिएको हो भने :

नेपाली राजनीतिमा के हो त्यस्तो शक्ति जसले बहुमतको सरकार लाई पनि आफ्नो  औलामा नचाउँछ?
अझै पनि तपाईं कार्यकर्ताहरु सिद्धान्ततः अध्ययन  नगरी कपु ( कम्युनिस्ट र पुँजीवादी)को   पुच्छर बनेर कति दिन लर्बराउनु  हुन्छ?
अझै पनि थाहा भएन हाम्रो देशको जरो र किलो बाहिर छ भन्ने?
फेरी अर्को खेमाका साथीहरु यो अर्को कुनै आन्तरिक शक्तिले नै परिवर्तन हुँदैछ भनेर मख्ख पर्नुहुन्छ होला  हामी पनि चाहन्छौ त्यस्तै होस्। तर यथार्थ कुनै  अर्कै  रहेछ भने?
 नेपालका कपुर पात्रताको  समुल अन्त्य हुनै पर्दछ। हाम्रो देशमा हुने कुनैपनि प्रकारका परिवर्तनहरु नेपाली माटोमा टेकेर, नेपाली सिद्धान्त र दर्शनमा टेकेर, नेपाली सपुतहरुले नै गर्नुपर्दछ ।  त्यो दिगो हुन्छ  । फेरि कुनै पनि बाहिर शक्तिको ( भारत चीन अथवा कुनै युरोपेली शक्तिहरु लागेर ल्याएको परिवर्तन नेपालीको विपक्षमा नै हुन्छ) साथ र सहयोग  लिएर नेपालभित्र गरिने आन्तरिक राजनीति, नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले त्यो कुनै पनि सचेत नेपालीलाइ स्वीकार हुँदैन। 

प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "पासो मुक्त नेतृत्व: मौलिक जरोकिलो पार्टी"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article