-->
मौलिक जरोकिलो  सांस्कृतिक सचेतना सम्पन्न

मौलिक जरोकिलो सांस्कृतिक सचेतना सम्पन्न

मौलिक जरोकिलो  सांस्कृतिक सचेतना सम्पन्न

Jarokilo Nepal


आज मिति २०७७ पौष ४ गते शनिबार 
मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिको बिशिष्ट नेतृत्व र झापा जिल्ला समितिको अग्रसरतामा भद्रपुर नगर सम्पर्क कार्यालयमा स्थानीय बासिन्दा एवम् जरोकिलो अभियन्ताहरूको उपस्थितिमा " सांस्कृतिक सचेतना, सत्सङ्ग एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 

झापा जिल्ला अध्यक्ष नारायण रिजालको सभापतित्वमा सम्पन्न सत्सङ्गमा १ नं प्रदेश सदस्य उमाकान्त सिटौलाले स्वागत मन्तव्य,  प्रदेश सचिव रोमा देवी निरौलाले समसामयिक बिषय, संगठन बिभाग सदस्य सीता गौतमले जरोकिलो अवधारणा, स्वकृयात्मक सदस्य तथा कानुन व्यवसायी भवकृष्ण खतिवडाले अन्य पार्टी र मौलिक जरोकिलो पार्टीको बिचको भिन्नता, सहृदयता समाजका लिलाराज न्यौपानेले सहृदयता अन्तर्राष्ट्रिय, प्रदेश महासचिव अर्जुन कुमार भट्टराईले सत्सङ्गको औचित्य माथि प्रकाश पार्नु भएको थियो । 

यसै गरी बिशेष वक्ता केन्द्रीय सचिव अनिल कुमार चौधरीले केन्द्रीय गतिविधि र प्रमूखवक्ता प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले समग्र बिषयवस्तुमा जानकारी दिनु भएको थियो । 

उक्त सत्सङ्गमा खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु हुने यूवा प्रतिभा अशंसा श्रेष्ठलाई सम्मान गरिएको थियो भने पूर्व केन्द्रीय सदस्य हिरा बांस्तोलाले १ नं प्रदेश समितिलाई १५ वटा टिसर्ट उपहार सहयोग गर्नु भएको थियो । 

त्यसै गरी कमला न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय मौलिक भजन समूह गठन गर्नुका साथै भद्रपुर नगर समिति अन्तर्गत वार्ड नं ६ मा दिलीप शाह  र वार्ड नं ८ मा गोमा देवी अधिकारीलाई पार्टीको सम्पर्क व्यक्तिको रूपमा जिम्मेवारी दिइयो ।

उक्त सत्सङ्ग सम्पन्न गर्न प्रदेश सचिव राजकुमार दाहाल,  प्रदेश कोषाध्यक्ष अनुषा भट्टराई,  जिल्ला उपाध्यक्ष ललितचन्द्र बजगाई,  जिल्ला सदस्य कृष्णा देवी चुडाल, स्वकृयात्मक सदस्य अमित बुढाथोकी, डम्बर कुमारी गौतम, खेम कुमारी ओली लगायत स्थानीय अग्रणी व्यक्तित्वहरूले साथ र समर्थन दिनु भएको थियो । 

झापा जिल्ला सचिव दिपेन्द्र घिमिरेले संचालन गर्नु भएको सत्सङ्गलाई  ज्येष्ठ नागरिक नर्वदा ओलीले स्वस्तिवाचन सहित पानसमा दिप प्रज्वलन गर्दै शुरू गर्नु भएको थियो । 

भजन किर्तन सहित संचालित सत्सङ्गमा  उपस्थित सम्पूर्णलाई धन्यवाद प्रदान गर्दै सभापति नारायण प्रसाद रिजालले कार्यक्रमको समापन गर्नु भएको थियो । 

सत्सङ्ग सफलताको लागि आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने सम्पूर्ण सहृदयीजनहरूलाई १ नं प्रदेश समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । 

रोमा देवी निरौला 
१ नं प्रदेश सचिव
प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

1 Response to "मौलिक जरोकिलो सांस्कृतिक सचेतना सम्पन्न"

  1. बहुनेतृत्त्वको जगमा उभिएको संसदीय प्रणाली नेपालमा अनुपयुक्त छ । "विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्त्व र संस्थागत स्वामित्त्व" को राजनीतिक प्रणाली नल्याउँदासम्म उही घनचक्कर चलिरहनेछ ।

    ReplyDelete

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article