-->
मौलिक जरोकिलो पार्टी सुनसरी जिल्ला भेला

मौलिक जरोकिलो पार्टी सुनसरी जिल्ला भेला

मौलिक जरोकिलो पार्टी सुनसरी जिल्ला भेला



आज मिति २०७७ साल पौष १८ गते मौलिक जरोकिलो पार्टी केन्द्रीय समिति सदस्यहरूको पहलमा, १ नं प्रदेश समितिको विशिष्ट नेत्तृत्व एवम् सुनसरी जिल्ला समितिको आयोजनामा सुनसरी जिल्ला भेला र १ नं प्रदेश अग्रणी अभियन्ता प्रशिक्षणात्मक सत्सङ्ग सम्पन्न गरियो ।
सत्सङ्गमा केन्द्रीय सदस्य, १ नं प्रदेश अध्यक्ष लगायत झापा, मोरङ्ग तथा सुनसरी जिल्लाका अग्रणी अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
उक्त सत्सङ्गमा १ नं प्रदेश परिषदको निर्णय बमोजिम सुनसरी निवासी महन्त श्री सत्यनारायण दास वैष्णवज्यूलाई १ नं प्रदेश समितिको सल्लाहकार सदस्यमा मनोनीत गरिएको घोषणा गरियो ।
त्यसै गरी सुनसरी जिल्लाको जिम्मेवारी हेरफेर गर्दै हेम कुमार दाहालज्यूलाई सुनसरी जिल्ला सम्पर्क समितिको संयोजकको रूपमा चयन गरियो भने टेक बहादुर बस्नेतज्यूलाई सुनसरी जिल्ला सल्लाहकार संयोजकमा मनोनीत गरियो ।
पानसमा दीप प्रज्वलन गर्दै शुरू गरिएको सत्सङ्गमा प्रशिक्षणात्मक कार्यक्रम पश्चात बिभिन्न वक्ताहरूले जरोकिलोको लक्ष्य, उद्देश्य र नेपालको वर्तमान परिवेशमा यसको महत्व र उपादेयताको बारेमा प्रकाश पार्नु भएको थियो ।
सत्सङ्गमा प्रदेश १ का अध्यक्ष इन्द्र प्रसाद ओलीज्यूबाट जिम्मेवारी पाउनु हुने सहृदयीजनहरूलाई सपथ ग्रहण गराउँदै राष्ट्रोदयको महाअभियानमा उच्च मनोबलका साथ अग्रणी भएर कर्मरत रहन हौसला प्रदान गर्नुभयो ।
सत्सङ्गमा उपस्थित हुनुभएका सम्पूर्ण अभियन्ताज्यूहरूमा एवम् जिम्मेवारी प्राप्त गर्नुहुने महानुभावहरूमा मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।


प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "मौलिक जरोकिलो पार्टी सुनसरी जिल्ला भेला"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article