-->
राजेन्द्र महतोको राजनीतिक सिद्धान्त चाहिँ  कुन हो ?

राजेन्द्र महतोको राजनीतिक सिद्धान्त चाहिँ कुन हो ?

राज्यराष्ट्र सिद्दान्त

राजेन्द्र महतोको राजनीतिक सिद्धान्त चाहिँ कुन हो ?

मौलिक जरोकिलो पार्टीको अग्रसरतामा भएको चौतर्फी विरोधको फलस्वरुप उप- प्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो बहुराष्ट्रिय राज्यको धारणालाई सच्याएका छन् । यो उनको कदमलाई विश्वास गरिहाल्ने आधार चाहिँ छैन । सत्तास्वार्थमा लिप्त र विदेशीको गोटी भएका यी झुण्डहरु जहिले पनि नेपालमा घृणा र बिभाजनको विउ रोप्न स॔धै उद्दत नै रह ।
राजेन्द्र महत्तोले अहिले माफी मागेपनि यो सम्पूर्ण समाजवादी पार्टीको, राजनीतिक सिद्धान्त र मुख्य एजेण्डा नै बहुराष्ट्रिय वादी भएकोले जुनसुकै बेला पनि पुनः उठान हुनेछ यसमा मार्क्सवादी खेमाका लेनिनवादी खेमाका या कुनै पनि अरु समाजवादी खेमाका दल वा तिनका प्रतिनिधिहरुको अछुतो छैनन् त्यसैले नेपाली जनताले अब आफ्ना नेता तथा जिम्मेवारी व्याक्तिहरुलाई प्रश्न गर्नेपर्ने हुन्छ

अर्को महत्वपूर्ण कुरा के भने राजेन्द्र महतोको बहुराष्ट्रिय राज्यको अवधारणालाई जसजसले विरोध गरे, तिनीहरुको राजनीतिक सिद्धान्त चाहिँ कुन हो ? राज्यराष्ट्र कि राष्ट्रराज्य ? प्रमाण सहित स्पष्ट जवाफ चाहियो ।
पराई प्रतिमानमा बिश्वास गर्ने कपुतन्त्रका घटकहरुको आदर्श नै राष्ट्रराज्य, द्वि-राष्ट्रिय राज्य र बहुराष्ट्रिय राज्य
हो । अहिले सत्तास्वार्थको कारणले बिरोध गरेका मात्र हुन्, तर अन्तर्यमा ती सबै पार्टी भनाउँदाहरुको सिद्धान्त राष्ट्रराज्य मै केन्द्रित छ ।
राज्यराष्ट्र सिद्धान्तलाई अवलम्वन गर्ने नेपालको एकमात्र पार्टी मौलिक जरोकिलो पार्टी हो ।
यदि देशलाई घृणा, विभाजन, कित्ताकाट र द्वन्द्वबाट बचाउने हो भने मौलिक जरोकिलो पार्टीमा आवद्ध हुनै पर्दछ । अव देशको रक्षा गर्ने जिम्मेवारी मौलिक जरोकिलो पार्टीको काँधमा आएको छ ।
स्मरण रहोस्, राज्यराष्ट्र सिद्धान्तका अभिनिर्माणकर्ता युगद्रष्टा डा• निर्मलमणि अधिकारी हुनुहुन्छ ।





प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "राजेन्द्र महतोको राजनीतिक सिद्धान्त चाहिँ कुन हो ?"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article