स्थितिगत्यात्मक प्रगतिवाद - पुनर्लेखन
Tuesday, December 8, 2020
Comment
स्थितिगत्यात्मक प्रगतिवाद - पुनर्लेखन:
जगत् गतिशीलता हो तर स्थिरता अपरिहार्य छ। स्थिरता र गतिशीलताको सामन्जस्यता जसले गर्न सक्दछ उ नै अग्रणी हो र अन्तिम दौड पनि उसकै नियन्त्रणमा हुन्छ र कुनै समाज विकाशका परिवर्तनहरु पनि दिगो र दीर्घकालीन हुन्छ।
समाज बिज्ञानले के भन्दछ भने, नकारात्मक सत्ताको बिस्थापन नकारात्मक शक्तिले गर्दा नकारात्मक शक्तिनै संस्थागत हुन्छ। घृणाको आधारमा हैन सहृदयताको आधारमा परिवर्तन अनिवार्य छ। भावनामा बहकिएर हैन सहृदयी बनेर तर्क र प्रमाणका आधारमा गरिने परिवर्तन मात्रै दीर्घकालीन हुन्छ।
हामी आम सभ्यताहरुको सिकाइ गलत छ। शिक्षाको आधार बिचलित तुल्यायिएको छ। पराइ विधर्मी निर्णयात्मकता स्वीकार गरिएको छ। समग्रमा प्रतिमान बदल्नु पर्ने छ । तर जोडदिएर भन्छु प्रतिकृयात्मक बनेर हैन, तर्क र प्रमाणका साथ, सिद्धान्त र अवधारका साथ, विधि र लक्ष्यका साथ स्वकृयात्मक हुन / बन्न अनिवार्य छ।
गतिशिलतालाई स्विकार्नै पर्दछ, किनभने समयले एक मार्ग लिए पछि त्यसलाई फर्काएर फरि त्यसै स्थानमा ल्याउन गाह्रो हुन्छ । यसैले अब फेरी पनि पुर्ण राजतन्त्र सहितको हिन्दुराष्ट्र, भन्नु सान्दर्भिक हुन्छ हुदैन अहिले भन्न सकिने अवस्था छैन। बदल्नु पर्ने धेरै कुराहरु छन्। धर्म निरपेक्षता राजनीतिक एजेन्डा थिएन, त्यसकारण त्यो फिर्ता हुुनु पर्दछ। फिर्ता हुंदा, सनातन धर्म सापेक्ष अर्थात् जहाको मूल जे छ त्यहि सापेक्ष हुनु पर्दछ। राजनीतिक अथवा नागरिक अधिकार र सांस्कृतिक अथवा धार्मिक अधिकार छुट्याएर दुबै स्वतन्त्र ढंगले राज्यको सम्रक्षणमा बिकसित गरिनु पर्दछ। यसलाई राज्यराष्ट्रले (डा. निर्मलमणि अधिकारीको राजनीतिक दर्शन पुस्तक) राम्ररी सैद्धान्तीकरण गरेको छ ।
सनातन धर्म अन्तरगत हिन्दु, बौद्ध, किराँत, बोन, जैन लगायत यहि देशमा मुल र केन्द्र भएका प्रकृतिक धर्म, संस्कार र संस्कृति हुन्। यिनीहरुलाई बाहिरबाट बसाईसराइ गरेर आएकाहरुले कुनै हालतमा छुन मिल्दैन । वैधानिक राजतन्त्र या गणतन्त्र (नेपालको सन्धर्भमा) राजनीतिक एजेन्डा भएकाले त्यो जनमत संग्रहको बिषय हुन सक्दछ। सैद्धान्तिक आधारमा मुलधारका तथाकथित लोकतन्त्रवादी हुन् या परिधिका कथित पहिचानवादी यि सबै युरोपियन कम्युनिस्ट पुजिवाद (कपु) भएकाले समान हुन् र फरक साइनबोर्ड राखेर ब्यापारिक राजनीति गर्दैछन्।
समग्रम हामिले हाम्रो मुल र केन्द्र अर्को शब्दमा भन्दा जरो र किलो बिर्सेर बराल्लिएका छौं।समन्वयात्मकता, सहिष्णुता, सहृदयता बिर्सेर, घृणा, हिंसा, प्रतिशोध लाई संस्थागत गरेका छौ। जुनदिन हामि हाम्रो मुल र केन्द्र खोजेर, तिनीहरुको को जगेर्णा र विकास गर्दैनौ, यिनिहारू र यस्ताखाले अनगिन्ति षडयन्त्रको बिभिन्न स्वरुपमा सामना गर्दै रहनु पर्ने छ। त्यसैले समाज विकाशको यो सिद्धान्त अब अपरिहार्य भइसकेको छ । नेपाल विश्वगुरु (राजनीति, शिक्षानीति, स्वास्थ्यनीति र अर्थनीति) बन्ने पथमा अग्रणी भइसकेको छ ।
0 Response to "स्थितिगत्यात्मक प्रगतिवाद - पुनर्लेखन"
Post a Comment