-->
के हो परा र अपरा विद्या ?

के हो परा र अपरा विद्या ?

के हो परा र अपरा विद्या ?

चन्द्रकुमार अधिकारी-

नेपाल विश्वमा अग्रणीगुरु राष्ट्र बन्नको लागी यहाँको गुरु परम्परा र नेपाल केन्द्रित दर्शन "सहृदयता दर्शन"मा आधारित शुरुमा नेपाल र अन्ततोगत्वा सम्पूर्ण जगतकै मानव सभ्यतालाई  सुखी, शान्ति र समृद्दी दिने  शिक्षानीति अवलम्बन गर्ने सम्बन्धमा  जरोकिलो महाभियानले अगाडी सारेको आधुनिक गुरुकुल हो ।  आधुनिक गुरुकुलमा अहिलेको अपरा विद्या मात्र नभएर परा विद्या पनि समृद्धि प्राप्त गर्न र सन्तुष्टिको अनुभवको  निमित्त नभई नहुने आवश्यकता देखेर पाठ्यक्रमकै रुपमा अध्ययन अध्यापन गराउन लागिएको छ, जुन अत्यन्तै सान्दर्भिक छ  ।
 
   भौतिकतामुखी शिक्षा जुन भौतिक र प्राबिधिक क्षेत्रमा अब्बल मानिदै आएको छ भने परा विद्याको अभावले गर्दा यो अहिलेको सुखभोग अत्यन्तै असन्तुष्टि तर्फ लम्कदै गरेको छ  । फलस्वरूप अहिले सम्मकै मानव जीवनमा पाएको चरम भौतिक सुविधा दुरुपयोग भएर मानवता र सभ्यताकै विरुद्धमा जानि-जानी वा नजानी प्रयोग भईरहेको सर्वविदित छ  । दैनिक अरुको अस्तित्व माथि धावा बोल्ने प्रवृति दिनानुदिन बढ्दै छ  ।  सबै ठाँउमा सैनिक, राजनीतिक, कूटनीतिक मात्रै नभएर  कुनै ठाउमा क्षेत्रीय, धार्मिक आक्रमण, कहिँ जातीय हिँसा भड्काउने, भाषिक हिँसा, वर्गीय हिँसा भड्काएर देश अनि समाज, त्यस्तै  लैङ्गिक  हिँसा भड्काएर परिवार समेत फुट्न फुटाउन लागी परेको यो अवस्था परा विद्या अपरिहार्य रहेको छ ।

के हो परा विद्या?

यसलाई शाब्दिक रुपमा हेर्दा परको भन्ने अर्थ लाग्दछ, अथवा यो हाम्रो ५ ओटा ज्ञानेन्द्रीय ५ ओटा कर्मेन्द्रीयको पहुच भन्दा अलि टाढा रहेको भन्ने बुझ्नु पर्दछ ।  यो अपरा विद्याको उपलब्धिको अनुभव गर्ने र त्यसलाई जग बनाएर जीवनउर्जाको अर्को अभौतिक आयाममा प्रवेश गरेपछि हुने अनुभव हो । यसलाई कुनैपनि भौतिक साधनले मापन गर्न सक्दैन । यो अनुभवको स्तरमा प्रकट (दृष्टित) हुन्छ । सम्पूर्ण भौतिकता यही अभौतिकताको आयाममा निहित हुन्छ र दिककालमा भएको परिवर्तन अनुसार समय समयमा परिवर्तन हुने गर्दछ । यसलाई परलौकिक अथवा अलौकिक विद्या पनि भनिन्छ । यो जागृत अवस्थामा साक्षी बनेर भौतिक जगतको कारणको अनुभूति गरेको चेतनाको आयामको सुषुप्त अवस्था हो ।

के हो अपरा विद्या?

परा जस्तै यसलाई पनि शाब्दिक अर्थ बाट हेर्दा यो पर नभएको अथवा नजीकैको भन्ने अर्थ लाग्दछ । अथवा हाम्रो दैनिक जीवन गुजारा गर्न अथवा भौतिक आवश्यकता पुरागर्न जतिपनि सूचना, शिक्षा, तालिम, अध्ययन, अनुसन्धान, नवाचार, उत्पादन, वितरण लगायत विज्ञान र प्रविधिमा भएका महत्वपुर्ण उपलब्धिहरु सबै अपरा विद्या अन्तर्गत पर्दछन् । यसले आहार-विहार, जीवनशैली, रहन-सहन, स्वास्थ्य, कम्प्युटर, सफ्टवेयर, ए आइ टेक्नोलोजी लगायत सम्पूर्ण भौतिकता (मानव जीवन) मानव कल्याणको  लागी नभई नहुने परा  विद्याको जगको काम गर्दछ । शिक्षा, कल्प, व्याकरण, निरुक्त, छंद, नक्षत्र, वास्तु, आयुर्वेद, वेद, कर्मकाण्ड आदि अपरा विद्याका उदाहरण हुन् ।गीतामा  पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकारलाई अपरा शक्ति भनिएको छ, जुन नाशवान छ वा सृष्टि, उन्नति र विनाशको प्रक्रियामा समावेश हुनेको पूर्ण रूपमा  ज्ञान प्राप्त गर्ने व्यक्ति अपरा शक्ति संपन्न व्यक्ति हुन्छ ।



प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् । केही थप विचार र सुधार गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना छ भने स्वक्रियात्मक कमेन्ट अथवा लेख लेख्नुहोस् । यहाँ अवश्य प्रकाशित हुन्छ। धन्यवाद । नमस्ते !!

0 Response to "के हो परा र अपरा विद्या ?"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article