-->

नेपाल जानौँ, नेपाली चिनौँ :-


(१) खश (प्राचीन नाम कश, अचेल “खस” पनि भनिने), किरात र गांगेय (गंगा मैदान आसपासका समुदाय, जस्तै आजका मैथिल) वर्तमान नेपालका आदिवासी /अनादिवासी / मूलवासी / भूमिजन हुन् । दलित पनि भनिने [पहाडी] शिल्पी समुदाय पनि खश महाजातिकै शाखा हो ।
(२) नेपालको अहिलेको संविधानले “खस आर्य” भनेको समुदाय मूलतः खश महाजाति (नीप जन) को उत्तराधिकारी हो । अति प्राचीन नीपजनको उत्तराधिकारी एही समुदाय हो, जसको कारणले “नेपाल” (नीप आलय) नामकरण भएको हो । खशका साथसाथै गांगेय, सैन्धव (प्राचीन सिन्धु देश) र कुमाउनी-गढवाली समुदाय लगायतको पनि सम्मिश्रण यो “खस आर्य” भनिएको समुदायमा छ । (यो समुदाय र नेवार समुदाय राज्यराष्ट्र सिद्धान्तका सफलताका प्राचीन उदाहरण हुन् ।)
(३) किरात र मंगोल अलग अलग जाति हुन् । किरात मूलतः वर्तमान नेपाल भूमिकै आदिवासी हो, तर मंगोल होइन । किरात महाजाति भित्रैको एक जाति लिम्बुमा मंगोलको सम्मिश्रण छ जस्तो देखिन्छ, तर निष्कर्षमा पुग्नुभन्दा पहिले थप अनुसन्धान गर्नु पर्छ ।
(४) मगर जाति मूलतः र मुख्यतः खश (खस पनि भनिने) महाजातिकै एक जाति हो । मगर जातिमा किरातको पनि सम्मिश्रण भएको छ, नाग जातिको पनि एसमा सम्मिश्रण भएको जस्तो देखिन्छ । मगर जातिलाई मंगोल भन्नु चरम् अज्ञानता हो, मंगोल समूह नेपाल आउनुभन्दा हजारौँ वर्ष पहिल्यै मगर जाति नेपालमै थियो । कालान्तरमा मगर समुदायमा मंगोल समूहको पनि रक्त सम्मिश्रण भएको हुन सक्छ ।
(५) गुरुंग जातिमा खश, किरात र मंगोलको सम्मिश्रण छ जस्तो देखिन्छ । थप अनुसन्धान गरिँदैछ ।
(६) थारु जाति मूलतः र मुख्यतः किरात हो । आजको थारु जातिमा किरात, खश र राजस्थानी रजपूत समुदायको सम्मिश्रण रहेको जस्तो देखिन्छ । थप अनुसन्धान गरिँदैछ । तर यो तथ्यचाहिँ स्पष्ट छकि आजको नेपाली थारु जातिमा मंगोल मिसिएको छैन ।
(७) नेवार समुदाय खश (नीप जन), किरात, गांगेय, मंगोल, राजस्थानी रजपूत, सैन्धव र कुमाउनी-गढवाली आदि धेरै जातिहरुको सम्मिश्रण भएको छ । राज्यराष्ट्रले विभिन्न जाति, प्रजाति, समुदायलाई बडो राम्ररी समन्वित गराउँछ भन्ने जिउँदो उदाहरण नेवार समुदाय हो । तसर्थ यो विश्वकै लागि उदाहरणीय समुदाय हो । (नेपालको वर्तमान संविधानले “खस आर्य” भनेको समुदायमा पनि यो समन्वयको प्रवृत्ति छ, तर “खस आर्य” नामकरण भएको समुदायमा मिसिन नसकेका जातिहरु पनि नेवार समुदायमा मिसिन सकेका छन् ।)
(८) गांगेय महाजातिमा नेपालको मैदानी इलाकामा केन्द्रित बसोबास भएका मैथिल समुदायका साथसाथै अचेल मधेशी पहिचानले चिनाइनेमध्येका धेरैजसो पर्छन् । अति प्राचीन नीप जनको एक समूह मैदानमा ओर्लेको थियो, जसको सम्मिश्रण आजको मधेशी समुदायमा छ [मधेशी पहिचानको नारा उरालेर राजनीति चम्काउने कतिपयले “खस” (खश) लाई गाली गर्छन्, तर आजको मधेशी समुदाय खश पनि सम्मिश्रण भएर बनेको हो] । अर्कोतिर, प्राचीन सैन्धव समुदायको एक समूह पहाड उक्लेको थियो भने अर्को समूह मैदानमै रहेको थियो, जसको सम्मिश्रण आजको मधेशी समुदायमा छ । मधेशी पहिचानले चिनाइनेमध्येका कतिपयको मूलभूमि नेपाल होइन, जसबारे विस्तृतमा पछि लेखिनेछ ।
(९) खश (प्राचीन नाम कश, अचेल “खस” पनि भनिने), किरात र गांगेय (गंगा मैदान आसपासका समुदाय, जस्तै आजका मैथिल) को मूलभूमि नेपालमा विभिन्न कालखण्डमा अनेकौँ जात, जाति, प्रजाति मिसिन आइपुगेका छन् । नेपाल सबैको साझे घर हो ।


प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to " "

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article