नीर क्षीर र विवेक भनेको के हो ?
Friday, November 20, 2020
Comment
नीर क्षीर र विवेक के हो ?
हिजोआज नेपाली जनमानसमा निकै गज्जबका शब्दले प्रवेश पाएका छन् । विशेष गरेर मौलिक जरोकिलो पार्टी अथवा #जरोकिलो_महाभियान को प्रशिक्षणका क्रममा "नीर क्षीर र विवेक" भन्ने अद्भुत वाक्यांश प्रयोगहुने गरेको छ।शाब्दिक अर्थ:-
नीर = पानी, जल
क्षीर = दुध, दुग्ध, पयस्
विवेक = चेतना, ज्ञान, प्रज्ञा, विद्या, बोध, बुद्धि
कुनै पनि खोज तथा प्रश्नको सत्यतथ्य पत्ता लगाएर खाट्टी सामाधन निकाल्ने अर्थात् दुधको दूध र पानीको पानी छुट्याउने काममा प्रयोग हुने विधि, प्रक्रिया नै नीर क्षीर र विवेक हो भनेर छोटकरीमा भन्न सकिन्छ |
संस्कृतमा यो श्लोकबाट अझ प्रष्टै हुन सकिन्छ:-
हंस: श्वेतो बक: श्वेतो को भेदो बकहंसयो: |
नीरक्षीरविवेके तु हंस: हंसो बको बक: ||
अर्थ:-
राजहंस पनि सेतो छ, बकुल्लो पनि सेतो छ। त्यसोभए राजहंस र बकुल्लो बिच के भिन्नता छ त ?
दूध र पानीको मिश्रणबाट, राजहंसले दुधलाई अवशोषित गर्दछ र पानी छोड्दछ। राजहंसको यो गुण नीर क्षीर र विवेक भन्दा अत्युक्ति नहोला।
अध्यात्मवाद अथवा कुनै दर्शनमा कुनै एक व्यक्ति जसले राम्रो-नराम्रो, न्याय-अन्यायबाट राम्रो र नयाँ छनौट गर्न विवेक छ, ऊ वास्तवमा सबै भन्दा ज्ञानी मान्छे हो।
प्रिय पाठकवर्ग,
यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस्
केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस्
धन्यवाद ! नमस्ते !!
0 Response to "नीर क्षीर र विवेक भनेको के हो ?"
Post a Comment