
जय जरोकिलो !! आधुनिकता र पुनर्जागरणको संवाहक
Tuesday, November 24, 2020
Comment
जय जरोकिलो !! आधुनिकता र पुनर्जागरणको संवाहक
नुमनाथ प्याकुरेल बिनोद:
secularism अवधारणा विकसित तुल्याईयो, त्यसको नेपाली रुपान्तरण धर्म निरपेक्षता उपयुक्त रुपान्तरण हो/हैन ? तत्कालीन युरोपमा र राजा र पादरीहरुको शक्ति संघर्षको परिणाम स्वरुप secularism अवधारणा बिकास गरिएको थियो । हाम्रो देशमा कहिलै राजा र पशुपतिका भट्ट, अन्य मन्दिरका पुजारी, स्वयम्भूनाथ, बौद्धनाथ तथा अन्य गुम्बाका लामाहरुका बिचमा कहिलै शक्ति संघर्ष भएको ईतिहास छ ? रिलिजन र धर्म समान अर्थ राख्ने अवधारणा हुन् र ? हाम्रो आवस्यकता नेपालभन्दा भिन्न सामाजिक, साँस्कृतिक, आर्थिक सम्रचना तथा मनोबिज्ञान भएका समाजको अनुसरण गरेर जस्ताको तस्तै लागुगर्ने दुस्साहस गरेर हुँदोरहेछ त ?
साशकिय स्वरुपको उदाहरण हेरौं त; २००७ सालपछी कतिवटा साशकिय स्वरुपको सफल/असफल परिक्षण गरियो ? किन सफल भएन ? किनकी राजनिती नेपाली समाज, संस्कृति, आर्थिक सम्रचना तथा नेपाली जनसंख्याको समन्वित मनोबिज्ञान सापेक्ष अवलम्बन गरिएन । निरन्तर परिवर्तन, बहकाव, विचलन, तिब्र गतिशीलताको परिणाम राजनीति मात्रै हैन, सामाजिक, साँस्कृतिक, आर्थिक, शिक्षा, स्वास्थ्य, आम मनोबिज्ञानमा कति पछाडी परेका छौँ ? त्यसको लेखाजोखा गर्नुपर्दैन ? सासकिय स्वरुपमा मौलिक जरोकिलो पार्टी उदार हुनु भनेको अवसरवाद हैन । साशकिय स्वरुपलाई साध्य हैन साधन मानेको हो ? सबैकुरा जान्दाजान्दै फेरि किन साशकिय स्वरुपमा वहस गर्नुपर्यो ? राज्यराष्ट्रमा त हामी दृढ छौँ, किनकी राज्यराष्ट्रलाई साध्य मानेका छौँ । साशकिय स्वरुपबारे पनि गजबले आफ्नो धारण राज्यराष्ट्र पुस्तकमा गरेका पनि छौँ ।
हाम्रो सभ्यतामा शक्ति र प्रतिष्ठा कहिलै एकै व्यक्ति वा संस्थामा थिएन, त्यस कारण धर्म निरपेक्षता हाम्रो माटो, हावा, पानी अथवा धर्म सुहाउँदो हैन/छैन । हामी वैदिक सनातनी हौं, हिन्दु सहित, वौद्ध, किराँत, बोन, जैन लगायत यहि धर्तिमा मुल र केन्द्र भएका प्राकृतिक पुजक समुदाय सनातनी हुन् । यही मुलुकमा जरोकिलो नभएका र नेपाल भन्दा बाहिरकै भुमिलाई आफ्नो आदर्श मान्ने कृष्चियन तथा मुश्लिम समुदायहरुप्रती पनि त्यतिनै सम्मान र शुभेच्छा राख्न सक्ने उदार चरित्रको विश्व दृष्टिकोण हाम्रा पुर्खाहरुले छोडेर गएका छन् । अब हाम्रो कर्तब्य हो पुर्खाको नासो सम्हालेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने ।
अलगालग राष्ट्रियता छुट्टाउन नसकिने स्तरमा हाम्रो विविधतायुक्त समुदायहरु बिच समन्वयात्मक सहृदयता छ ।किराँत, हिन्दु, थारु, मगर शिवका भिन्न स्वरुप स्विकार्छन् । रुदृ पुजा गर्छन्, तिल डढाएर तिलक लगाउछ्न अब बताउनुहोस, हाम्रो समाज राष्ट्र राज्य (दुई राष्ट्र राज्य वा बहु राष्ट्र राज्य) हो या राज्य राष्ट्र (समन्वयात्मक र सहृदयता सहितका राष्ट्रहरू) ? हाम्रो अनुसंधानको निष्कर्ष के हो भने हाम्रो समाजमा गोलमटोल रुपमा अभ्यास गरिएको नागरिक अघिकार र धार्मिक/साँस्कृतिक अधिकार अलग्याएर दुबै अधिकार समानान्तर रुपमा राज्यको संरक्षकत्वमा विकासित तुल्याउनु पर्दछ ।
लोकतन्त्र तथा प्रजातन्त्रको आवरणमा खुट्टाको घाउको उपचार कन्पारो कन्याएर गर्न खोजिदै छ । अनुसंधान क्षेत्रमा काम गर्ने व्यक्तिलाई थाहा हुनुपर्छ । कार्य सम्पादन गर्नुभन्दा पहिला अनुसंधान प्रस्तावना तयार पार्नुपर्छ भनेर । जति राम्रो अनुसंधान प्रस्ताव तयार पारिन्छ, कार्यसम्पादन त्यतिनै प्रभावकारी हुन्छ, हैन र ? हो, अवसर पाएपछि साँच्चै काम गर्नलाई नै आजै देखि, शिक्षा, प्रशिक्षा, दिक्षा, सदाचार, अनुसंधान, उद्धमशिलतामा अभ्यस्त र प्रोत्साहन गराउँदै छौँ । एक रुपैयाँ दान कसै संग नलिएर पनि संगठनलाई आज राष्ट्रव्यापी रुपमा फैलाउन सकेका छौँ । 62 जिल्लामा संगठन विस्तार गर्न सकेका छौँ । एकलाख सदस्य बनाउन सकेका छौँ। २२ वटा राष्ट्रमा सहृदयता अन्तरास्ट्रियको संगठन विस्तार गर्न सकेका छौँ । १२ वटा संगठन निर्माण गरेर जरोकिलो महाअभियान अघि बढाउँदै छौँ । हामी विजयी भावका साथ निस्काम कर्ममा कृयाशिल छौँ ।
१७२ बर्ष अघि युरोपको तत्कालीन समस्या सम्बोधन गर्न तयार पारेको सिद्धान्तको अगाडि पछाडी विभिन्न विशेषण थपेर बेग्लै सामाजिक, साँस्कृतिक, आर्थिक सम्रचना भएको नेपाली समाजमा जवर्जस्त लाद्दाको परिणाम हामिले हिजोआज सत्ता, प्रतिपक्ष र सत्ता परिधिका पार्टीहरुबाट जुन हविगत भोगिरहेका छौँ । अकर्मण्यता, असक्षमता र अनिर्णयको भुक्तभोगी बनेका छौँ, हो त्यो लघुताभाषको धङधङी बाट बाहिर निस्किएपछी मात्रै थाहा हुन्छ, सिद्धान्त अभिनिर्माण र व्यवहारिक कार्यान्वयनको महत्व ।
सबै कुरा शव्दबाटै बताउन नसकिएला, हाम्रो बारे अझ सुच्छम अध्यायन गर्नुहोस् । जरोकिलो अभियान तथा मौलिक जरोकिलो पार्टीले मात्रै प्राचीनता बाट स्थिती-गत्यात्मक प्रगति गर्दै अघिबढेको नेपाली समाजको मुलधारलाई अगाडि बढाउन सक्छ भनी आशा र आत्मविश्वास लाग्छ भने, आत्मियता प्रवर्द्धन गर्दै बाँकी उपलब्धिहरु प्राप्त गर्दै छिट्टै नेपाललाई बिकसित भनिएका देशको बराबरी र अन्ततोगत्वा नेपाललाई ज्ञानको वैश्विक केन्द्र तुल्याउने दीर्घकालीन यात्राको प्रारम्भिक यात्राको साक्षी बन्ने ऐतिहासिक अवसर किन गुमाउने ?
बन्दे नेपाल मातरम् !
जय जरोकिलो !!
0 Response to "जय जरोकिलो !! आधुनिकता र पुनर्जागरणको संवाहक "
Post a Comment