-->
यो अवसर हो तिमिलाई प्रायस्चितको

यो अवसर हो तिमिलाई प्रायस्चितको

यो अवसर हो तिमिलाई प्रायस्चितको ।


आफ्नो दल बाहेक अन्यत्र, घृणा, हिंसा, द्वेष, क्लेस, प्रतिशोध सोच राख्ने बुज्रुक सत्तासीन नेतृत्व महोदय तपाईंहरुले बहुमत सरकारको अभ्यास राम्रोसँग नगरेर, सुशासन र सर्वसाधारण जनतालाई सरकार भएको प्रत्याभूति गर्नुभएन भने, आउँदो निर्वाचनको परिणाम के हुने हो ? बिगतको अनुभव नभुल्नुहोला । नेपाली जनताको चेतनाको स्तर तपाईंहरुकै अकर्मण्यता र असक्षमताबाट गुणात्मक ढंगले अभिवृद्धि भएको छ । जनता हामी रुपान्तरित,  सचेत र जुझारु भयौं तर तपाईंहरुको केटाकेटी पन, अपरिपक्वता, अकर्मण्यता, असक्षमता बाट असाध्यै पिडित र मर्महात छौँ, मान्यवरहरु ।
तपाईंहरुले संस्थागत गरेको निषेधको राजनिती, गुटबन्दी, सिन्डिकेट, भागवण्डा र निषेधको राजनीति सधैंका लागि डाँडो कटाउन हामी संगठित हुँदै छौँ । सर्वत्र बाट असाध्यै सकारात्मक प्रतिकृया, शुभेच्छा, समर्थन, ऐक्यबद्धता र सहयोग पाउँदा, आशा, आत्मविश्वास र आत्मियता प्रवर्द्धन हुँदै छ। नेकपा  भन्दा नेपाली कांग्रेस, नेपाली कांग्रेस भन्दा राजाबादी, राजाबादी भन्दा, मधेस वादी र मधेसवादी भन्दा जनजातीवादी सुध्रिन अनिवार्य छ । अनिवार्य छ विधर्मी आयातित द्वन्द्वात्मक भौतिकवादी प्रतिमानको समुल नष्ट गरि मौलिक रैथाने पद्धति स्थापित गर्न । श्रेयस्कर चाहिँ मौलिक रैथाने विधि, पद्धति तथा प्रतिमान स्थापित गरेर नेपाली मौलिकताको अभ्यास बाट वर्तमानको नियंत्रित संक्रमणकालको अन्त्य गरेर, नेपाल लाई अग्रणी तुल्याउनु र अन्ततोगत्वा वैश्विक केन्द्र तुल्याउन राज्यराष्ट्रवाद र सहृदय अर्थतन्त्रको ब्यवहारिक अभ्यास अनिवार्य छ ।

आफुलाइ सुधार, सच्याउ, भुल कबुल गर, जनता संग माफी माग, युवा नेतृत्वलाई स्वदेशी मुल्य तथा आदर्शमा प्रशिक्षण गरि जिम्मेवारी हस्तान्तरण गर र बुज्रुक नेतृत्व अवकासमा लेउ अब, पटकपटक परिक्षित र ब्रान्डेड असक्षम, अकर्मण्य र प्रतिउत्पादक  तिम्रो राजनीतिमा सकृय हस्तक्षेप अस्विकार्य छ । आलटाल गरेर द्वेश, घृणा, प्रतिशोध तथा गुटबन्दी बाटै आफ्नो सत्ताआरोहणको सपना देखेको भए दिनगन्ती सुरु गर ।
सहृदयता, राज्यराष्ट्र, स्थिती-गत्यात्मक प्रगतिवाद अनिवार्य तथा अवस्यम्भावी हुन् ।


प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "यो अवसर हो तिमिलाई प्रायस्चितको"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article