-->
Future Path of Nepal

Future Path of Nepal

बर्षौँ देखि जरा गाडेर बसेको सामाजिक बिकृती, यति सजिलोसँग निर्मुल हुँदैनन् भनेको, संस्कारको रुप धारण गरेका बिकृती/बिसंगतिहरु, संस्कार/संस्कृतिमै रुपान्तरण गरेपछि सुधृढ हुन्छन् भनेर बुझ्नु सहि हुन्छ । समाज सुधार र बिकृती/विसंगतिहरुको अन्त्य गर्न, जात, जाति, जनजाति तथा प्रादेशिक समुदायको ध्रुवीकरण गरेर, घृणात्मक अभिव्यक्ति तथा नश्लिय हस्तक्षेपबाट समाधान हुँदैन भन्ने कुरो बुझेपछी पनि, केहि साथिहरु बिद्रोह नै, जातिय विभेदको समस्या समाधान बिद्रोह देख्नुहुन्छ, यो बिडम्बना हो ।
सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक अगुवा नेतृत्वहरूमा संकृणता छ । केन्द्रिय तथा स्थानीय नेतृत्व समाज रुपान्तरण हैन, निकट निर्वाचनको रणनीतिमा केन्द्रित छन् । चेतनाको स्तर सबैको उच्च भएको भए आज विकृति/विसंगति विरुद्ध हैन, समाजको चौतर्फी बिकासका लागि सोच्न व्यस्त हुन्थयौँ ।
स्थानिय सामाजिक, साँस्कृतिक अगुवा, अभियन्ता, शिक्षक, प्राध्यापक, राजनीति कर्मी तथा सचेत नागरिकहरुको स्वकृयात्मक अग्रसरतामा कुसंस्कार र कुरितिमा आधारित जातिय विभेद तथा शोषणका यी र यस्ता सकृयतामा समस्या चाँडै समाधान हुनुपर्छ । समाजलाई रुपान्तरण र प्रवर्द्धन गर्न गाह्रो अवस्य छ, तर असम्भव छैन ।
गुरुकुलहरुको क्षेत्र र दायरा बढाउनु पर्छ । गुरुकुलहरुसबै जिज्ञासुहरुका लागि खुल्ला हुनुपर्छ । जातका आधारमा भएका र भैरहेका शोषण, अन्याय र अत्याचारका समाचार सुन्दा, चित्त दुख्छ, रिस उठ्छ, आक्रोश आउँछ, मन अत्तालिन्छ ••• तर धैर्य नगुमाउँ । समस्या उजागर गरेर राजनीतिक लाभ लिनेहरुको भिड छ, समाजमा । समस्या समाधानका लागि सत्तामा हालिमुहाली गरिरहेका राजनीतिक दलहरु कृयाशिल र चिन्तनशिल छैनन् । बिकृती र विसंगतिहरुको बिरोध गर्नेहरु पनि प्रतिकृयात्मक र प्रतिषोध मै तल्लिन छन् । समस्याको गाम्भिर्यतालाई बुझेर समाजको प्रवर्धन गर्नेहरु इतिहासको बन्दी बनेर हैन, ईतिहास बाट पाठ सिकेर, स्थिती-गत्यात्मक बन्दै, अंशियार र वंशियारको नीति कार्यान्वयन गर्न सक्यौं भने मात्रै हामीले चाहेको जस्तो समाज निर्माण गर्न सक्छौं ।।

प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "Future Path of Nepal"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article