-->
उर्लाबारी नगर सम्पर्क समिति गठन

उर्लाबारी नगर सम्पर्क समिति गठन

उर्लाबारी नगर सम्पर्क समिति गठन


आज मिति २०७७ साल मङ्सिर १३ गते मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिको विशिष्ट नेतृत्व र मोरङ्ग जिल्ला समितिको सक्रियतामा उर्लाबारी नगर सम्पर्क समिति गठन गर्न उर्लाबारीमा मोरङ्ग अध्यक्ष झमक कार्कीको अध्यक्षतामा बिशेष सत्सङ्ग सम्पन्न भयो ।
मोरङ्ग, झापा र इलाम जिल्लाका बिभिन्न स्थानबाट सहृदयीजनहरूको उपस्थिति रहेको सत्सङ्ग मनिषा पोख्रेलले संचालन गर्नुभएको थियो ।
प्रमुखवक्ता १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले पानसमा दियो बालेर शुरूवात गर्नुभएको सत्सङ्गमा वक्ताहरू केन्द्रीय सचिव अनिल कुमार चौधरी, संगठन बिभाग सदस्य सिता गौतम, प्रदेश महासचिव अर्जुन कुमार भट्टराई, सचिव रोमा देवी निरौला, राजकुमार दाहाल , सदस्य उमाकान्त सिटौला, अनेयुसंघका महासचिव सन्तोष दाहाल, जरोकिलो अभियन्ता युवराज अधिकारी, उद्धव थापा, खेमराज न्यौपाने , प्रेम दाहाल आदिले आफ्ना बिचारहरू राख्नु भएको थियो ।
स्थानीयस्तरमा उल्लेख्य उपस्थिति रहेको सत्सङ्गमा तपसिल बमोजिम उर्लाबारी नगर सम्पर्क समिति गठन गरियो ।
१] संयोजक - विज्ञान आचार्य
२] उप संयोजक- मनिषा पोखरेल
३] सदस्य- बिमला तिम्सिना
४] सदस्य- ज्योति सापकोटा
५] सदस्य- अर्जुन गड्तौला
६] सदस्य- अनिता न्यौपाने
७] सदस्य- लोकनाथ भट्टराई
८] सदस्य - बाबुराम पौडेल
९] सदस्य - सुजाता अधिकारी
१०] सदस्य - सुष्मा खड्का
११] सदस्य - रूद्रप्रसाद दाहाल
१२] सदस्य- रमेश सुन्दास
१३] सदस्य- कुलबहादुर घोर्साने
नवगठित सम्पर्क समितिलाई प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले सपथ ग्रहण गराउनु भएको थियो ।
१ नं प्रदेश समितिको तर्फबाट नवगठित सम्पर्क समितिलाई हार्दिक शुभकामनासहित बधाई ज्ञापन गर्दछौं ।
जय जरोकिलो । जय स्वदेश ।।
रोमा देवी निरौला
१ नं प्रदेस सचिव
मौलिक जरोकिलो पार्टी


प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् 
 केही थप विचार र सुधार गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना छ भने स्वक्रियात्मक कमेन्ट अथवा लेख लेख्नुहोस्  यहाँ अवश्य प्रकाशित हुन्छ। धन्यवाद । नमस्ते !!

0 Response to "उर्लाबारी नगर सम्पर्क समिति गठन"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article