-->
 जरोकिलो महाभियानको बारेमा केही प्रश्न तथा उत्तरहरु: 🚩🚩🚩

जरोकिलो महाभियानको बारेमा केही प्रश्न तथा उत्तरहरु: 🚩🚩🚩

जरोकिलो महाभियानको बारेमा केही प्रश्न तथा उत्तरहरु :- 


१.  जरो भन्नाले के बुझिन्छ ?  
Nepali Philosopny, discussion forum
Jarokilo Discussion Forum

- जरोकिलोमा जरो भन्नाले उद्गम, मौलिकता, स्थानीयता, सान्दर्भिकता, अपनत्व, स्वामित्वको सवाल । जन्म, स्रोत वा मूल भन्ने बुझ्नुपर्छ । 

२.  जरोकिलोको किलोले के जनाउछ ? 

- जरोकिलोमा किलोले स्वाधीनता, स्वतन्त्रता, प्रभुत्व, सार्वभौमसत्ताको सवाल, केन्द्रबिन्दु  लाई जनाउछ । 

३. जरोकिलो महाभियानलाई किन महाभियान भनिएको हो ? 

- जरोकिलो महाअभियानको कार्यक्षेत्र बृहत् ( दर्शन, सिद्धान्त, अर्थतन्त्र, शिक्षा, धर्म, संस्कार, स्वास्थ्य) आदि भएकोले यसलाई  महाभियान भनिएको हो | 

४. जरोकिलो महाभियान किन चाहिएको हो ? 

- नेपाली समाजलाई पुनर्जागरण गरी हाल विद्यमान अस्तव्यस्त, घृणावाद, कित्ताकाट र द्वन्द्वलाई सहृदयता दर्शन मार्फत व्यक्ति, परिवार समाज, राष्ट्र हुँदै सिङ्गो विश्वलाई "सर्वे भवन्तु सुखिन:", "वसुधैव कुटुम्बकम्" को भावमा जोडेर वैज्ञानिक सत्ययुगको लक्ष्यमा  पुर्याउनलाई चाहिएको  हो । 

५. जरोकिलो महाभियानका संकल्पकर्ता को हुन् ? 

- युगद्रष्ट्रा डा. निर्मलमणि अधिकारी र उहाँकी धर्मपत्नी उर्मिला खनाल अधिकारी हुनुहुन्छ ।

६. जरोकिलो महाभियानको संकल्प कहिले गरिएको थियो ? 

-  विक्रम सम्वत् २०७२ सालको घटस्थापनाको दिन गरिएको थियो । 

७. जरोकिलो महाभियानको स्थापना दिवस कहिले मनाइन्छ ? 

-  श्रीपञ्चमी/वसन्तपञ्चमी/सरस्वती पूजाको दिन मनाइन्छ ।

 

८. जरोकिलो महाभियानको दर्शन के हो ? 

- सहृदयता दर्शन हो । 
९. जरोकिलोको शिक्षानीति के हो ?

- आधुनिक गुरुकुल हो | 

१०. जरोकिलो महाभियानका आधारशिला के के हुन ? 

- विज्ञानको बुद्धि (Knowledge of Science),

-प्रविधिको प्रगति (Progress of Technology),

-धर्मको विवेक (Conscience of Dharma),

-सहृदयताको सम्बन्ध (Relation of Sahridayata) हो | 

 ११. विशिष्टिकृत संस्था भनेको के हो ? 

- कार्यलाई विभाजन गरी निश्चित क्षेत्रको अध्ययन, अनुसन्धान र विकास गर्न बनेको संस्था हो |  

१२. हाल जरोकिलो महाभियानमा कति वटा विशिष्टिकृत संस्थाहरु स्थापित छन् ?

- १२ वटा विशिष्टिकृत संस्थाहरु स्थापित छन ।

१३) जरोकिलो महाभियानको विशिष्टिकृत संस्थाहरुको नाम के-के हुन् ?

- जरोकिलो महाअभियानका विशिष्टिकृत संस्थाहरु :-

१) जरोकिलो प्रतिष्ठान नेपाल

२) मौलिक जरोकिलो पार्टी

३) सहृदयता समाज नेपाल

४) नागरिक फाउन्डेसन

५) प्रगतिवादी युवा समाज नेपाल

६) युग निर्माण महिला समाज

७) अखिल नेपाली युवा संघ

८) अखिल नेपाली विद्यार्थी संघ

९) सहृदयता उद्यमशिलता प्रा. लि.

१०) सञ्चार योग मिडिया प्रा.लि.

११) सहृदयता अन्तर्राष्ट्रिय 

१२) प्राध्द्यापक संघ हुन |

१४) जरोकिलो महाअभियानको राजनैतिक विशिष्टिकृत संस्था कुन कुन हुन्  ?

- जरोकिलो महाअभियानको राजनैतिक विशिष्टिकृत संस्था यी हुन् |

१) मौलिक जरोकिलो पार्टी 

२) अखिल नेपाली युवा संघ  

३) अखिल नेपाली विद्यार्थी संघ

१५) मौलिक जरोकिलो पार्टीले निर्वाचन आयोगको दर्ता प्रमाण-पत्र  कहिले प्राप्त गरेको थियो ?

 -मौलिक जरोकिलो पार्टीले २०७६ साल श्रावण २३ गतेको निर्णय अनुसार  निर्वाचन आयोगबाट २०७६ श्रावन २८ गते दर्ता प्रमाण-पत्र प्राप्त गरेको थियो |

१६) मौलिक जरोकिलो पार्टीको सिद्धान्त के हो ?

- राज्यराष्ट्र सिद्धान्त हो |

१७) मौलिक जरोकिलो पार्टीको हालका केन्द्रीय अध्यक्ष को हुन ?

-सुशील गौतम | (२०७७-कात्तिक)

१८) प्रस्थसभा भनेको के हो ?

- मौलिक जरोकिलो पार्टीको केन्द्रीय महाधिवेशन गर्न देशभरीबाट चुनिएका प्रतिनिधिको समूहलाई प्रस्थसभा भनिन्छ ।

१९) मौलिक जरोकिलो पार्टीको हालको सर्वोच्च परिषद् सदस्य संख्या कति जनाको छ ?

-  ९ जनाको रहेको छ ।

२०) मौलिक जरोकिलो पार्टीको हालको केन्द्रीय परिषद् सदस्य संख्या कति जनाको छ ?

 - १९ जनाको रहेको छ ।

२१) मौलिक जरोकिलो पार्टीको हालको केन्द्रीय समिति सदस्य संख्या कति जनाको छ ?

- ४०  जनाको रहेको छ ।

२२) मौलिक जरोकिलो पार्टीको सदस्यता शुल्क कति छ ?

- मौलिक जरोकिलो पार्टीको  सदस्यता नि:शुल्क रहेको छ भने स्वक्रियात्मक सदस्यता शुल्क दिनको १ रुपैयाँ रहेको छ ।

२३) जरोकिलोको दृष्टिकोण कस्तो रहेको छ ?

-  "वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञान" रहेको छ ।

२४) हाल मौलिक जरोकिलो पार्टीको सात प्रदेशका संयोजकहरु को को हुन्  ?

    १. प्रदेश १  अध्यक्ष  इन्द्र ओली (२०७७-कात्तिक)

    २. प्रदेश २  संयोजक राजीव बच्छार  (२०७७-कात्तिक)

    ३. बाग्मती प्रदेश अध्यक्ष दिपेश न्यौपाने (२०७७-कात्तिक)

    ४. गण्डकी प्रदेश अध्यक्ष हरी नेपाल(२०७७-कात्तिक) 

    ५. लुम्बिनी प्रदेश  अध्यक्ष रेशम बुढा (२०७७-कात्तिक)

    ६. कर्णाली प्रदेश संयोजक महेन्द्र मल्ल ठकुरी (२०७७-कात्तिक)

    ७. सुदुरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशी (२०७७-कात्तिक)

२५) जरोकिलोले कस्तो समाज विकासको अवधारणा बोकेको छ ?

- स्थितिगत्यात्मक प्रगतिवाद ।

२६)राज्यराष्ट्रमा राष्ट्रलाई कसरी परिभाषित गरिएको छ?

भु-राजनीतिक वैधानिकता प्राप्त एउटा निश्चित भौगोलिक सिमाबद्ध राज्य नै राष्ट्र हो जुन स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न हुन्छ ।

२७)राज्यराष्ट्रमा राष्ट्रियता लाई कसरी परिभाषित गरिएको छ? 

- राज्यका बिविध प्रजाती,जाति,भाषा,संस्कृति,सम्प्रदाय,समुदाय,भौगोलिक क्षेत्र आदिको समन्वयबाट समष्टिकृत राष्ट्रियता निर्धारण भएको हुन्छ जहाँ राष्ट्रियताको परिभाषा एवं पहिचानका निमित्त राज्य नै निर्णायक तत्व हुन्छ भनि राज्यराष्ट्रले राष्ट्रियतालाई परिभाषित गरेको छ। जस्तै  नेपाल राष्ट्र नेपाली राष्ट्रियता ।

२८)राष्ट्रराज्यमा राष्ट्र निर्माणको आधार के लाई मानिन्छ?

- राष्ट्रराज्यमा प्रजाति,जाति,भाषा,संस्कृति,धर्म,सम्प्रदाय ,समुदाय,भौगोलिक क्षेत्रका आधारमा राष्ट्रियता निर्धारण गरिन्छ र त्यही राष्ट्रियतालाई आधार मानी राष्ट्रहरु निर्माण भएका हुन्छन।

२९) राजनीतिक अधिकार र सांस्कृतिक अधिकार लाई राज्यराष्ट्रले कसरी निर्द्रिष्ट गरेको छ?

- राज्यको सुदृढीकरणको निमित्त राजनीतिक अधिकार र सांस्कृतिक अधिकार विशिष्टिकृत हुनुपर्दछ।राजनीतिक अधिकार राज्यको नागरिकको रुपमा समान हुनुपर्दछ भने सांस्कृतिक अधिकार सम्प्रदायगत तथा समुदायगत रुपमा उपभोग गर्नु पर्दछ।

३०) बहुराष्ट्रिय राज्य भनेको के हो?

- एउटै राज्यमा धेरैवटा राष्ट्रियतालाई परिभाषित गरि स्विकारोक्ति भएको राज्यलाई बहुराष्ट्रिय राज्य भनिन्छ।

३१) स्थितिगत्यात्मक प्रगतिवाद भनेको के हो?

-  स्थिति र गतिलाई समन्वय गरी मौलिक वैश्विक दृष्टिकोण सहित प्रगति तर्फ जाने समाज विकासको सिद्धान्तलाई स्थितिगत्यात्मक प्रगतिवाद भनिन्छ।

३२)जरोकिलोको कार्यपद्धति के हो?

- अनुसन्धान,उद्यमशिलता र विकास जरोकिलोको कार्य पद्धति हो।

३३)शिक्षित,प्रशिक्षित र दिक्षित भनेको के हो?

व्यक्तिको व्यक्तित्त्व विकास गर्न आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनै तहको ज्ञान हासिल गरेको अवस्था हो | 

शिक्षित – जानेको अवस्था 

प्रशिक्षित – सीपयुक्त भएको अवस्था 

दीक्षित – कुनै विधामा विशिष्टता हासिल गरेको अवस्था हो

३४)नेपालको भाषिक नीति कस्तो हुनु पर्दछ?

- नेपाली भाषा अनिवार्य साथै बहुभाषिक हुनुपर्दछ।

३५)नेपालका मौलिक धर्महरु के के हुन?

- हिन्दु, बौद्ध, किरात, बोन, जैन लगायत अन्य प्रकृति पुजकहरु नेपालका मौलिक धर्महरु हुन्।

३६)पात्रता परिक्षणका आधार के हुन?

-  जरोकिलोको आधारशिलामा टेकेर व्यक्तिले गर्ने कर्मको आधारमा पात्रता परिक्षण हुन्छ।

    १) विज्ञानको बुद्धि            २) प्रविधिको प्रगति 

    ३) धर्मको विवेक             ४) सहृदयताको सम्बन्ध 

३७) जरोकिलो प्रतिष्ठान नेपाल ले के के काम गर्दछ?

(क) नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद आदिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।

(ख) गुरुकुल सहित विविध प्रकारका शैक्षिक संस्था, संस्कार केन्द्र, सेवा केन्द्र, धर्मशाला आदि निर्माण गरी सञ्चालन गर्ने, गराउने ।

(ग) विभिन्न प्रकारकाका सीपमूलक प्रशिक्षणहरु सञ्चालन गर्ने गराउने ।

(घ) नेपालका मौलिक रैथाने औषधिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।

(ङ) नेपालका मौलिक रैथाने खाद्य तथा पेय पदार्थको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।

(च) नेपालका विभिन्न पक्षबारे अनुसन्धान तथा प्रकाशन प्रसारण गर्ने, गराउने ।

(छ) नेपालका रैथाने भाषाहरुको प्रवर्द्धनका लागि क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।

(ज) नेपालका मठ, मन्दिर, गुठी, चैत्य, विहार आदिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।

(झ) नेपालका रैथाने वैदिक, बौद्ध, जैन, किराँती, बोन लगायतका धर्म संस्कृतिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।

(ञ) मनोसामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने

३८)आधुनिक गुरुकुल कस्तो हुनेछ?

-  प्राचीन र आधुनिक ज्ञानको समष्टिकृत संयोजन हुनेछ | जुन प्राचीनामा प्राचीनतम् र नवीनमा नवीनतम् हुनेछ। 

३९)प्रगतिवादी युवा समाज नेपाल कस्तो विशिष्टिकृत संस्था हो?

- प्रगतिवादी युवा समाज नेपाल गैरनाफामुलक/गैरराजनीतिक संस्था हो जसले युवालाई शिक्षित, प्रशिक्षित, दीक्षित गराई सानोमा व्यक्तिगत तह देखि वैश्विक तहको नेतृत्व तयार पार्ने, उद्यमी बनाउने आदि काम गर्दछ।

४०) सहृदयता समाज नेपाल ले के के काम गर्दछ?

- नेपाली समाजमा रहेको विविधता संरक्षण, संवर्द्धन र प्रवर्धन गर्दै समाजमा सहृदयताको सम्बन्ध स्थापित गरी भिन्न-भिन्न समुदायको, क्षेत्रको, भाषाको, ज्ञानको मिल्ने- मिल्ने विषयलाई मिलाएर राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ।

४१)मौलिक जरोकिलो पार्टीको नारा के हो?

-विकास, न्याय, स्वाधीनता समृद्धिमा नेपालको

  सहृदयी तराइ मधेश पहाड र हिमालको

४२)जरोकिलोको तात्कालिक न्युनतम लक्ष्य के हो?

- देशका लागि अनुपयुक्त राजनीतिक एवं आर्थिक दर्शन, सिद्धान्त, वाद, प्रणाली, रणनीति, कार्यनीति आदिको पहिचान गरी निराकरण गर्नु साथै देशको लागि उपयुक्त राजनीतिक एवं आर्थिक दर्शन, सिद्धान्त, वाद, प्रणाली, रणनीति, कार्यनीति आदिको विकास साथै शिक्षित, प्रशिक्षित र दीक्षित नेतृत्व सुनिश्चित गरी नेपालको सर्वाङ्गिण उन्नति-प्रगति गर्नु एवं नेपाललाई समृद्धि, न्याय, सुख, शान्ति, सहृदयताले परिपूर्ण बनाउनु हो।

४३)सहृदयता अन्तर्राष्ट्रियको मुख्य काम के हो?

-सहृदयता दर्शन मार्फत नेपाल बाहिर रहेका नेपालीहरुलाई एकताको शुत्रमा बाँधेर नेपाली मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, भेषभुषा, खानपानलाई संरक्षण, संवर्द्धन र प्रवर्धन गर्दै हाम्रो मौलिक ज्ञान परम्परालाई विश्वमा सहृदयता दर्शन मार्फत फैलाई सिङ्गो विश्वलाई "वसुधैव कुटुम्वकम्" को भावमा डोर्‍याउने, नेपाललाई वैश्विक संरचनाको केन्द्र बनाउने काम सहृदयता अन्तरराष्ट्रिले गर्दछ। 

४४)प्रतिमान र उपमान भन्नाले के बुझिन्छ ?

-  प्रतिमान भन्नाले कुनै पनि विषय वा अवधारणाको मूल अवस्था/आदर्श हो भने उपमान भन्नाले बाहिरका कुराहरुलाई उदाहरणको रुपमा दर्शाउनु वा लिनु हो।

४५)नेपाललाई  विश्वको अग्रणी मुलुक बनाउने भन्दै गर्दा हामी के कुरामा अग्रणी हुनेछौं ?

- नेपाललाई विश्वको अग्रणी मुलुक बनाउने भन्दै गर्दा हामी भाषा, संस्कृति, सभ्यता, सीप, ज्ञान आदिमा अग्रणी हुनेछौं ।

४६)जरोकिलोको अर्थनिति के हो?

- सहृदयता अर्थतन्त्र

४७)नागरिक फाउन्डेसनको काम के हो?

- देशको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति निर्माणको तहमा काम गर्नु, खोज, अनुसन्धान गर्ने काम गर्दछ।

४८)धर्म र राष्ट्रियता मा कुन ठुलो हो?

यी दुवैको आफ्नो आफ्नो स्थानमा ठूलो छ यो तुलना गर्ने विषय होइन

४९)जरोकिलोको संगठन पद्धति कस्तो रहेको छ?

- विशिष्ट नेतृत्व,सामुहिक कर्तृत्व र संस्थागत स्वामित्व

५०)जरोकिलो महाअभियानका नाफामुलक विशिष्टिकृत संस्था कुन कुन हुन?

       १)सहृदयता उद्यमशिलता प्रा.लि.

       २)सञ्चार योग मिडिया प्रा.लि.

५१) मौलिक जरोकिलो पार्टीको केन्द्रिय कार्यालय कहाँ छ ?

कागेश्वरी मनोहरा नगरपालिका ४ डाँछी, काठमाण्डौ

५२)मौलिक जरोकिलो पार्टीको केन्द्रिय कार्यालय कहिले शुभारम्भ भएको थियो ?

- २०७६ साल मङ्सिर ७ शनिबार

५३)मौलिक जरोकिलो पार्टीको संघठन संरचना कस्तो रहेको छ ?

- मौलिक जरोकिलो पार्टीको संघठन संरचना सभा, समिति , परिषद रहेको छ |

५४) राज्यराष्ट्रमा नेपालको नागरिकताको सवालमा कस्ता ब्यबहारिक विधिलाई उल्लेख  गरिएको  छ ?

-राज्यराष्ट्रमा नागरिकताको प्रमाणपत्र दिइ कुनैपनि व्यक्तिलाई नागरिकका रुपमा स्वीकार गर्नु पर्व निजको पात्रता परिक्षणको वस्तुगत ( objective ) क्रमागत (systematic) परीक्षणीय ( verifiable  ) र भरपर्दो (reliable ) विधिको कानुनमै ब्यबस्था गरिनु पर्छ भनि किटानका साथ् उल्लेख गरिएको छ |

५५) राज्यराष्ट्रमा सबैभन्दा तल्लो निकायको रुपमा केलाई मानिन्छ ?

- राज्यराष्ट्रमा सबैभन्दा तल्लो निकायको रुपमा सदाचारी परिवारलाइ लिइन्छ |

५६) राष्ट्रराज्य (nation state) सिद्दान्त कहाँ र कहिले प्रतिपादित गरिएको थियो ?

 - ) राष्ट्रराज्य (nation state) सिद्दान्त युरोपमा सन् १६४८ मा प्रतिपादित सिद्दान्त हो |

५७)  नेपालमा कतिओटा भाषिक समूह रहेका छन् ?

- नेपालमा १२९ ओटा  भाषिक समूह रहेका छन् |

५८) नेपालमा कतिओटा जातीय  समूह रहेका छन् ?

- नेपालमा १२५ जातीय समूह रहेका छन् |

५९) इन्डियाबाट पाकिस्थान र पाकिस्तानबाट वंगलादेश राज्य बन्नुमा कुन सिद्दान्तका आधारमा कुन मापदण्डबाट राज्यको निर्माण गरिएको थियो ?

- इन्डियाबाट पाकिस्थान र पाकिस्तानबाट वंगलादेश राज्य बन्नुमा राष्ट्रराज्य सिद्दान्तका आधारमा द्विराष्ट्रियताको मापदण्ड बाट राज्यको निर्माण गरिएको थियो | 

६०) द्वी-राष्ट्रियता राज्य भनेको के हो ? 

- कुनै देश भू-राजनीतिक-बैधानिक हिसाबले एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देश ( राज्य ) भए तापनि उक्त देशमा दुइवटा अलग अलग “राष्ट्र” हरु छन् भन्ने दृष्टिकोण नै द्वी-राष्ट्रियता हो |


प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to " जरोकिलो महाभियानको बारेमा केही प्रश्न तथा उत्तरहरु: 🚩🚩🚩"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article