अघि बढौँ यो युग हाम्रो हो
Friday, November 13, 2020
Comment
के अर्थ परेवाहरु यता वा उता लाग्नुको ।
मदारी अरु नै कोही छ,
प्रभु अर्कै छ उनीहरुको,
नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;
तब के अर्थ पक्ष र विपक्षमा अल्मलिनुको ।
हेर, चिन, बुझ, चिन्तन गर -
के छ जटिलता चक्रव्यूहको;
गर तयारी अलमल्ल नपरी -
नेतृत्व गर्न प्रतिमान परिवर्तनको ।
वर्तमान युगको संघशक्ति हो जरोकिलो महाअभियान । अघि बढौँ यो युग हाम्रो हो ।
0 Response to "अघि बढौँ यो युग हाम्रो हो"
Post a Comment